६ कार्तिक २०८३, शुक्रबार

मोटरसाइकलमा आएका लुटेराले काठमाडौंमा उर्मिलाको घाँटीमा लगाएको सुनको सिक्री चुँडेर लगे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goldकाठमाडौं, २७ जेठ । काठमाडौंमा एक महिलाको घाँटीमा लगाएको तीन तोला सुनको सिक्री लुटपाट भएको छ ।

काठमाडौं महानगरपालिका–१० वुद्धनगरमा अल्फाबेट नखुलेको, अगाडि नम्वरप्लेट छोपेको र पछाडिको ८९ मात्र देखिने निलो पल्सर मोटरसाइकलमा आएका दुईजना अपरिचित व्यक्तिले बुद्धनगर बस्ने चितवन नारायणीकी ३६ वर्षीया उर्मिला कँडेलले घाँटीमा लगाएको अन्दाजी ३ तोला बरावरको सुनको सिक्री बुधबार लुटी फरार भएका छन् ।

लुटेराहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।