काठमाडौं, २७ जेठ । काठमाडौंमा डेरा गरी बस्दै आएका एक युवकको मृत अवस्थामा लास भेटिएको छ ।
काठमाडौं महानगरपालिका–७ कालोपुल डेरा गरी बस्ने २६ वर्षीय सुमन कार्की बुधबार उनकै कोठाको सोफामा मृत अवस्थामा फेला परेको हुन् ।
उनको हत्या वा आत्महत्या भन्ने विषयमा प्रहरीले छानविन गरिरहेको छ । राति कोठमा सुतेका उनको विहान अबेरसम्म ढोका नखुल्दा घरबेटी प्रहरीमा खबर गरेका थिए । प्रहरीले ढोका फोडेर भित्र पस्दा उनी मृत अवस्थामा भेटिएका हुन् ।















प्रतिक्रिया