६ कार्तिक २०८३, शुक्रबार

प्रहरीमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने चन्द काठमाडौंबाट पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-chandकाठमाडौं, २७ जेठ । प्रहरीमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने कैलाली धनगढी नगरपालिका बस्दै आएका बैतडी वास्लिङ गाविस–७ का राजेन्द्र चन्दलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ कपनबाट मङ्गलबार प्रहरीले पक्राउ गरेको छ ।

चन्दले पाल्पा कोलडाँडा–१ का मनकुमार गाहामगर र कृष्णबहादुर गाहामगरलाई नेपाल प्रहरीको जवान पदमा भर्ना गरिदिन्छु भनी जनही रु एक लाख ६० हजारका दरले ठगी गरेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका उच्च अधिकारीहरुसँग आफ्नो सम्पर्क रहेकाले प्रतिव्यक्ति रु दुई लाख दिएपछि परीक्षामा सामेल नभए पनि हुन्छ भनी प्रलोभनमा पारी उनीहरुबाट उक्त रकम लिएको तर नाम निकाल्न थप रकम तिर्नुपर्ने भनी बार्गेनिङ गरिरहेको भन्ने उजुरी परेपछि महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्राउ गरेको हो ।