६ कार्तिक २०८३, शुक्रबार

बाख्रा चराउन गएकी लिला जंगलमा मृत भेटिईन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ जेठ । बाख्रा चराउन गएकी एक महिला मृत अवस्थामा जंगलमा फेला परेकी छिन् ।

बाराको बाघदेव–४ बस्ने ५० बर्षीया लिला सापकोटा मृत अवस्थामा फेला परेकी हुन् । मंगलबार बिहान बाघदेव
सामुदायिक बन नजिक नर्सरीमा बाख्रा चराउन गएकी उनी बेलुकासम्म घर नफर्केपछि छिमेकीहरुले खोजतलास गर्दा बनभित्र मृत फेला परेकी थिईन् ।

यस्तै, मकवानपुर हेटौडा नगरपालिका–२० गौरीगाउँ बस्ने ५३ बर्षीय काईला राई मंगलबार राति खडकुले–६ स्थित धानखेतमा मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।