काठमाडौं, २७ जेठ । भूकम्प आउने क्रम विस्तारै कम भइरहेका बेला नेपालमा फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर बुधबार दिउँसो नेपालमा दोस्रो पटक भूकम्पको धक्का महसुस भएको हो ।
केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएको भूकम्पको कम्पन ४ दशमलब ३ रेक्टर स्केलमा भएको थियो । आज दिउँसो १ बजेर ३६ मिनेटमा सिन्धुपाल्चोकमा केन्द्रविन्दु भएको भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको केन्द्रले जनाएको छ ।
यसअघि आजै विहान ३ बजेतिर सिन्धुपाल्चोकै केन्द्रविन्दु भएर भूकम्प गएको थियो । १० घण्टापछि गएको यो भूकम्पसँगै आज दिउँसोसम्म नेपालमा दुई धक्का महसुस भएका छन् ।
हेर्नुस् भूकम्प मापन केन्द्रको तालिका :














प्रतिक्रिया