काठमाडौं, २७ जेठ । भूकम्प आउने क्रम विस्तारै कम हुँदै गइरहेका बेला बुधबार विहानै नेपालमा भूकम्पको अर्काे धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का महसुस भएको हो ।
विहान करिब ३ बजेतिर सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का आसपासका क्षेत्रमा पनि महसुस भएको केन्द्रले जनाएको छ । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गएको भूकम्प ४ दशमलब १ रेक्टर स्केलको हो ।
भूकम्प मापन केन्द्रले यस्ता भूकम्प कम्पतीमा पनि तीन महिनासम्म गइरहने तथा कुनै असर नगर्ने हुँदा नआत्तिन आग्रह गरेको छ । केन्द्रका अनुसार यसअघि आइतबार दोलखामा भूकम्पको धक्का महसुस भएको थियो ।
हेर्नुस भूकम्प मापन केन्द्रको तालिका :
















प्रतिक्रिया