६ कार्तिक २०८३, शुक्रबार

सुदूरपश्चिम विश्वविद्यालयद्धारा सिद्धनाथ विज्ञान क्याम्पस ‘कब्जा’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Farwester-university

– डम्मरराज भट्ट
महेन्द्रनगर २६ जेठ । समायोजनको विवादमा रहँदै आएको सिद्धनाथ विज्ञान क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयले ‘कब्जा’मा लिएको छ ।

हाल त्रिभुवन विश्वविद्यालयको मातहतमा रही पठनपाठन गराउँदै आएको सिद्धनाथ क्याम्पस सुदूरपश्चिममै उत्कृष्ठ विज्ञान क्याम्पस हो । स्थापनाकालदेखि नै समायोजनमा ल्याउन प्रयासरत विश्वविद्यालयले अन्ततः विज्ञान क्याम्पसलाई आफ्नो मातहतमा ल्याउन ‘कब्जा’को शैली अपनाएको हो ।

सुदूरपश्चिम विश्वविद्यालयको यो कदमले विज्ञान क्याम्पसमा विवाद बढेपछि क्याम्पसको पठनपाठन नै ठप्प भएको छ । सुदूरपश्चिम विश्वविद्यायलका विज्ञान तथा प्रविधि संकायका डीन भवानी चन्द ठकुरी सहित बहुमुखी क्याम्पसका प्राध्यापक र बिद्यार्थीहरुले आज सिद्धनाथ विज्ञान क्याम्पस घेराउ गर्दै स्वघोषित रुपमा समायोजनको घोषणा गरेका छन् ।

सिद्धनाथ विज्ञान क्याम्पसले विश्वविद्यालयको मातहतमा आउनुपर्ने भन्दै विद्यार्थीहरुले गरेको प्रदर्शन र आन्दोलनका कारण सिद्धनाथ विज्ञान क्याम्पसको त्रिभुवन विश्वविद्यालय संकाय अन्तर्गतको पढाइ भने रोकिएको छ ।

२०६७ साल असार ४ गते सुदूरपश्चिम विश्वविद्यालय स्थापना भएसंगै सिद्धनाथ विज्ञान क्याम्पसलाइ पनि गाभेर विश्वविद्यालय स्थापना गर्ने ऐनमा व्यवस्था उल्लेख गरिएपनि त्रिभुवन विश्वविद्यालयले भने बिभिन्न बहाना बनाएर समायोजनमा आउन नमानेको डीन भवानी भन्दले बताउनुभयो ।

त्यहाँका केहि प्राध्यापक र कर्मचारीले समायोजनमा आउन नमानेकोले बल प्रयोग गर्नुपरेको डिन चन्दको भनाई छ । ऐन अनुसार क्याम्पस समायोजनमा नआउँदा आन्दोलन गर्नुपरेको विद्यार्थीहरुले बताएका छन् । मंगलबार विज्ञान क्याम्पसमा विश्वविद्यालयले डिन कार्यालय समेत स्थापना भएको घोषणा गरेको छ ।