काठमाडौं, २६ जेठ । गृह मन्त्रालयले ३० जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो)को सरुवा गरेको छ ।
मन्त्रालयले मंगलबार विभिन्न जिल्लाका ३० जना सिडियोको हेरफेर गरी कुल ५३ कर्मचारीको सरुवा गरेको हो ।
मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार सिरहामा डा. मान बहादुर विक, धनुषामा कालिप्रसाद पराजुली, रुपन्देहीमा विष्णुप्रसाद ढकाल, चितवनमा विनोदप्रकाश सिंह, कपिलबस्तुमा अब्दुल कलाम खा, कैलालीमा राजकुमार श्रेष्ठ, भक्तपुरमा तोयम राई, सर्लाहीमा मेघनाथ काफ्ले, तनहुँमा माधव पन्थलाई सिडियो बनाइएको छ ।
गृहले प्रेम लुइँटेललाई डडेलधुरा, मित्रलाल शर्मालाई रोल्पा, पुरुषोत्तम घिमिरेलाई पाचथर, सुरेन्द्रराज पौडेललाई भोजपुर, सागमणी पाठकलार्इ म्याग्दी र लीलाधर अधिकारीलाई बैतडीको सिडिओ बनाएको छ ।
यस्तै, सिन्धुपाल्चोकमा बलभद्र गिरी, पाल्पामा कृष्णप्रसाद ज्ञवाली, इलाममा विष्णु कार्की, मनाङमा भिमकान्त शर्मा र ओखलढुङगामा यादव सुवेदीलाई सिडिओ बनाइएको छ ।
मुरारी वस्तीलाई तेहथुम, जनार्दन गौतमलार्इ जाजरकोट, दीपकराज नेपाललाई सिन्धुली, जीवनप्रसाद दुलाललाई डोल्पा, देवेन्द्र लामिछानेलाई दोलखा, यामप्रसाद सुवेदीलार्इ अछाम, उमेशप्रसाद ढकाललार्इ नुवाकोट, शिवराम गेलाललाई रसुवा र सुरेन्द्र पौडेललाई गृहले अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी बनाईदिएको छ ।
यो सँगै गृहले २३ जना अन्य कर्मचारीको समेत सरुवा गरेको छ ।
यस्तो छ मन्त्रालयले सार्वजनिक गरेको सरुवा तालिका हेर्नुहोस् :


















प्रतिक्रिया