६ कार्तिक २०८३, शुक्रबार

बागलुङका भूकम्प पीडितलाई प्रवासी नेपालीको १ लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-currency Paisa

– रबिना बोहरा

बागलुङ, २६ जेठ । प्रवासी नेपाली संघ भारत तामिलनाडु पाण्डीचेरीले बागलुङका भूकम्प पीडितलाई १ लाख बढी राहत रकम हस्तान्तरण गरेका छन् ।

संघले बागलुङमा भूकम्प पीडितहरुको लागि राहत हस्तान्तरण कार्यक्रमको आयोजना गरी नेकपा एमाले बागलुङलाई एक लाख १५ हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरेका हो ।

प्रवासी नेपाली संघ भारतका अध्यक्ष कृष्ण पोखरेलले पीडितहरुलाई भौतिक, नैतिक एवं आर्थिक सहयोग गर्नु सबैको कर्तव्य भएको भन्दै आफूहरुले हस्तान्तरण गरेको रकमलाई वास्तविक भूकम्प पीडित समक्ष पुर्‍याउन आग्रह गर्नुभयो । संघले धौलागिरी अञ्चलका बागलुङ र पर्वत जिल्लाका भूकम्प पीडितहरुका लागि कुल २ लाख ३० हजार राहत सहयोग गरेको हो ।

संघले संयुक्त राज्य समितिको तर्फबाट भावनात्मक सहयोग स्वरुप राहत हस्तान्तरण गरेको प्रवासी नेपाली संघ भारतका केन्द्रिय सचिव कृष्ण पालुवाले बताउनुभयो । भारतमा रहेका प्रवासी नेपालीहरुले आफ्नो तलबबाट केहि रकम उठाएर भूकम्प पीडितहरुलाई सहयोग गरेका हुन् । करिब ३० लाख नेपालीहरु बाहिरी देशहरुमा रहेको समाचार बेला बेलामा प्रकाशन एवं प्रशारण भैरहदा भारतमा रहेका नेपालीहरुलाई राज्यले पनि नखोज्ने गरेको भन्दै प्रवासी नेपालीहरुले दुःख व्यक्त गरेका छन् ।

भारतमा रहेका नेपालीहरुले फोनको माध्यमबाट ७ हजार देखि २५ हजार सम्म सहयोग गर्दा विपतमा परेका नेपालीहरुलाई सहयोग गर्न पाएको कृष्ण पालुवाले बताउनुभयो । आफुहरु नेपालमा नभएता पनि नेपाललाई पर्ने समस्या, आन्दोलन एवं पिडामा सबै एकजुट भएर लाग्ने हुदा राज्यले पनि प्रवासी नेपालीहरुलाई पनि ध्यान दिनुपर्ने उनीहरुको भनाई थियो । यस्तै नेकपा एमाले बागलुङले संघले दिएको राहतलाई बास्तविक भूकम्प पीडित समक्ष पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।