३० आश्विन २०८३, शुक्रबार

वाकवाकी लागेर बेहोस भई सिरहामा चारजनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिराहा, २६ जेठ । अज्ञात रोगबाट सिरहामा चार जनाको मृत्यु भएको छ ।

वाक वाक आउने लक्षण देखा परी बेहोस भएर चन्द्रअयोध्यापुर–६ मा बसोबास गर्ने ४ जनाको मृत्यु भएको हो ।

चन्द्रअयोध्यापुर–६ बस्ने ३२ बर्षीय जिवासी सदा आइतबार वाक वाक आउने लक्षण देखा परी बेहोस भएकोले नोवेल अस्पताल बिराटनगर लगेकोमा सोमबार मृत्यु भएको थियो ।

सोमबारै सोही ठाउँ बस्ने ६५ बर्षीय गर्भा सदा, ३५ बर्षीय तुलवा सदा समेत सोही लक्षण देखा परेर बेहोस भएकोले स्थानीय मिर्चैया क्लिनिकमा लगिएकोमा मृत्यु भएको थियो । मृतकहरुको शव हेर्न आएकी लहान नगरपालिका–२ बस्ने ५० बर्षीया कोशिला सदाको समेत उक्त लक्षण देखा परेर मृत्यु भएको छ ।

गाउँका अन्य ७/८ जना समेतमा उक्त लक्षण देखा परेको भन्ने खबर सोमबार प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मिर्चैया र जिल्ला स्वास्थ्य कार्यालयबाट उपचारको लागि टोली त्यसतर्फ गएको छ ।