काठमाडौं । हलिउड स्टार तथा मार्सल आर्ट्सका गुरु अभिनेता ज्याकी चाङ मंगलबार विहान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका छन् ।
हलिउड फिल्म उद्योगका मार्सल आर्ट्सका गुरु मानिने अभिनेता ज्याकी नेपालका भूकम्प पीडितलाई सहयोग गर्न काठमाडौंमा ओर्लिएका हुन् । उनले केही दिन अगाडि नेपालका भूकम्प पीडितलाई सहयोग गर्न नयाँ योजना बनाएको बताएका थिए ।
त्यसैअनुसार भूकम्प प्रभावितलाई सहयोग गर्न उनी नेपाल आएको बताइएको छ । एयरपोर्टमा ओर्लिए लगत्तै दर्शकलाई अभिवादन गर्दै अभिनेता ज्याकी सोल्टी होटल पुगेका छन् ।
सोल्टी होटलमा आराम गरेर सिधै भूकम्प प्रभावित क्षेत्रमा जाने कार्यक्रम रहेको बताइएको छ । केही दिन अगाडि ज्याकी आमिर खानलाई फिल्म खेल्नका लागि प्रस्ताव गर्न भारत गएका थिए ।
















प्रतिक्रिया