१७ कार्तिक २०८३, मंगलबार

चार दलको बालुवाटार बैठक सकियो, पत्रकार सम्मेलन गरी सहमतिपत्र सार्वजनिक गरिँदै (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Four Parties Meetingकाठमाडौं, २५ जेठ । संविधानका विवादित विषयमा लामो समयपछि दलहरुले सहमति जुटाएका छन् ।

आज दिनभरी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकबाट संविधान निर्माण गर्न चार दलले १६ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमति जुटाउन बालुबाटारमा बसेको बैठक भर्खरै सकिएको छ ।

चार दलबीच भएको १६ बुँदे सहमतिपत्र सार्वजनिक गर्न केही बेरमा बालुवाटारमा पत्रकार सम्मेलनको आयोजना गरिँदै छ । अहिले बाुलवाटारमा पत्रकार सम्मेलनको तयारी भइरहेको छ ।

१६ बुँदे सहमतिपत्रमा नेपाली काग्रेस तर्फबाट पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले हस्ताक्षर गरेका छन् ।

यसअघि आजै विहान बसेको चार दलको बैठकले ८ प्रदेशमा सैद्धान्तिक सहमति गरेको थियो । थप जानकारी केही बेरमा प्रस्तुत गर्नैछौं, प्रतिक्षा गर्नुहोला ।