२१ कार्तिक २०८३, शनिबार

काठमाडौंको रत्नपार्कमा झुण्डिएको अवस्थामा पुरुषको लास भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sucide

काठमाडौं, २५ जेठ । काठमाडौंको महानगरीय प्रहरी आयुक्तको कार्यालयको ठिक अगाडि रत्नपार्क गेटमा एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

काठमाडौंमा व्यस्त मानिने मानिसहरुको चलहपहल हुने रत्नपार्कको पश्चिम गेटमा डोरी लगाएर झुण्डिएको अवस्थामा अन्दाजी ३० देखि ३५ वर्षका युवकको शव भेटिएको प्रहरीले जनाएको छ ।

युवकको परिचय खुल्न सकेको छैन् । मृत भेटिएका युवकको शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार युवकको घाँटीमा डोरी लागेको र घुँडाले भुइँ छोएको अवस्थामा सोमबार विहान शव भेटिएको थियो ।

तस्वीरः फारुक कैशर