३० आश्विन २०८३, शुक्रबार

फलफूलको मूल्य ह्वात्तै बढ्यो, कस्को कति पुग्यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

banana-aangurधनगढी, २५ जेठ । माग अनुसारको आपूर्ति हुन नसकेपछि फलफूलको मूल्यमा अत्यधिक वृद्धि भएको छ ।

मूल्य आकासिएपछि उपभोक्ता मर्कामा परेका छन् । अहिले प्रतिकिलो अनार रु ३५०, स्याउ रु ३८०, अङ्गुर रु ४०० र लिची रु २२० पुगेको छ । मूल्य वृद्धि भएर केरा प्रति दर्जन रु ८० देखि रु १०० पुगेको छ । तीन महिना अघिसम्म प्रति किलो स्याउ रु २००, अङ्गुर रु १५०, अनार रु २०० र केरा प्रतिदर्जन रु ५० देखि रु ६० मा कारोबार हुने गरेको थियो ।

फलफुलको सिजन नभएकाले व्यवसाय गर्न टाढावाट फलफूल आयात गर्नु परेकोले मूल्य वृद्धि भएको स्थानीय व्यापारी इकवाल खाँनले बताउनुभयो । अहिले लिची पाइने समय भए पनि स्थानीय उत्पादन पर्याप्त हुन नसक्दा यसको मूल्यमा वृद्धि भएको हो ।

कैलाली कञ्चनपुरलगायतका जिल्लामा केही वर्षदेखि केराखेती व्यावसायिक रुपमा भइरहेको भए पनि गर्मी मौसममा केराको उत्पादन कम भइ माग अनुसारको आपूर्ति हुन सकेको छैन । यहाँ भारतीय बजारबाट आयात गरिएका कारण केरा महंँगो भएको हो । यहाँ अहिले अधिकांश फलफूल भारतीय बजारबाट आयात गरिँदै आएको छ ।

फलफूलको राजा भनेर चिनिने आँप उत्पादन समेत स्थानीय क्षेत्रमा यसवर्ष निकै कम भएकाले यसको मूल्य समेत वृद्धि भएको हो । आँप प्रतिकिलो रु १०० रहेको छ । वैशाख र जेठ महिनामा आएको हावाहुरीले क्षति पु¥यापछि यसवर्ष आँप र लिचीको उत्पादन घटेको कृषकहरु बताउँछन् । रासस