काठमाडौं, २५ जेठ । काठमाडौंमा एक पुरुषको टुक्रा-टुक्रा पारिएको अवस्थामा शव फेला परेको छ ।
जेठ १८ गते गत सोमबार काठमाडौंको नरेफाँट हनुमन्तेखोला र मनोहराखोलाको दोभानमा भेटिएको वेवारिसे शवको पोस्टमार्टम गरी नेपाल प्रहरीले स्केच निकालेको हो । प्रहरीको स्केच अनुसार वेवारिशे अवस्थामा भेटिएको शव ३० देखि ३५ वर्षीय पुरुषको भएको पुष्टि भएको छ ।
उक्त वेवारिशे शवको महानगरीय अपराध महाशाखाले सोमबार एक हप्तापछि स्केच सार्वजनिक गरेको हो । शव पुरुष भएको र स्केच पत्ता लागेपनि परिचय खुल्न सकेको छैन् ।
स्केचअनुसार पुरुषको हुलिया गोलो अनुहार, सेतो छाला, दाह्री जुँगा भएको शरिरको अन्य भाग हात र खुट्टामा समेत रौं बाक्लै रहेको, दाहिने गालामा र बायाँ कानमुनी गर्धन तिरको भागमा कालो तिल कोठी भएको, कानको लोती अर्ध जोडिएको, नाक मध्यम, आँखी भौं (कालो) रौं मिलाएको जस्तो बाक्लो, साथमा कोठारी कम्पनीको घ्यु कलरको स्यान्डो, आधा कलरको पातलो टिसर्ट, दाहिने हातको नाडीमा पुजामा बाध्ने जस्तो धागोको डोरी बाँधिएको छ ।
यी पुरुषको नाम थर ठेगाना खुल्न सकेको छैन् । यी पुरुषको शव टाउको, हात, र खुट्टा छुट्याई प्लाष्टिकमा पोको पारी बाहिरबाट बोरामा हाली कलेजी रंगको सुटकेशमा प्याक गरेको र शरीरको भाग अर्को सुटकेशमा प्याक गरी फालेको अवस्थामा खोलामा फेला परेको थियो ।
महानगरीय प्रहरीले शवको पहिचानमा सहयोग गर्न हराएका परिवारले सम्पर्क राख्न आग्रह समेत गरेको छ ।













प्रतिक्रिया