३० आश्विन २०८३, शुक्रबार

भूकम्पले दूध उत्पादनमा ह्रास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DDC-milkमेलम्ची, २५ जेठ । वैशाखमा गएको भूकम्पका कारण दुग्ध उत्पादन व्यवसायमा नराम्रो असर परेको छ ।

भूकम्पले ९९ प्रतिशत घरगोठ भत्किएकाले किसानले पालेका गाईभैँसी मरेपछि उत्पादनमा प्रभाव परेको हो । यस क्षेत्रको प्रमुख आयस्रोतका रुपमा रहेको दुग्ध व्यवसायलाई पुरानै अवस्थामा फर्काउन सरकारले किसानलाई पशुपालनमा सहुलियतपूर्ण ऋणका साथै पशु बिमासमेत गर्नुपर्ने आवश्यकता रहेको छ ।

मेलम्ची बजारमा १५ वर्षअघिदेखि दूध सङ्कलन गर्दै आउनुभएका भीमप्रसाद दुलालले पहिला करिब दुई हजार पाँच सय लिटर दूध सङ्कलन गर्दै आएकामा भूकम्पपछि एक हजार दुई सय लिटर दूध सङ्कलन हुने गरेको बताउनुभयो । अहिले यस व्यवसायमा कमी आएपछि बालबच्चा पढाउन र दैनिक घरायसी खर्च चलाउनसमेत मुस्किल भएको अर्का स्थानीयवासी लेखनाथ खतिवडा बताउनुहुन्छ । रासस