३० आश्विन २०८३, शुक्रबार

भूकम्पपछि पनिरको माग घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Panirभीमदत्तनगर, २५ जेठ । भूकम्पको प्रभाव दुग्ध व्यवसायमा समेत परेको छ । भूकम्पका कारण यहाँ उत्पादित दुधजन्य बस्तुको माग घटेको छ ।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको पाठक डेरी उद्योगबाट उत्पादित दुई हजार किलो पनिर खेर गएको जनाएको छ । भूकम्पका कारण काठमाडाँैंलगायतका विभिन्न सहरमा पनिरको माग घटेका कारण आफूले उत्पादन गरेको सो परिमाणको पनिर सडेको पाठक डेरी उद्योगका सञ्चालक प्रेमप्रकाश पाठकले जानकारी दिनुभयो ।

“पनिरले बजार नपाउँदा करिब रु आठ लाखबराबर घाटा भएको छ” उहाँले भन्नुभयो । भूकम्पपछि पनिर जिल्लाबाहिर खपत भइरहको छैन । खपत गरिएको दूधसमेत बिक्री गर्न समस्या भएको छ । दैनिक एकहजार ८०० लिटर दूध सङ्कलन गर्दै आएको पाठक डेरीले किसानबाट सङ्कलन गरेको दूध त्यत्तिक्कै थन्क्याउनु परेको जनाएको छ ।

“प्रतिलिटर रु ५४ मा दूध खरिद गरेर पनिर बनाए” सञ्चालक पाठकले भन्नुभयो–“बजार नपाउँदा बनाएको पनिर नदीमा बगाउनुपर्ने अवस्था आएको छ ।” उहाँले प्रतिकिलो रु ४८० मा पनिर बिक्री हँुदै आएको बताउनुभयो । विगत दुई वर्षयता पाठक डेरी उद्योगले काठमाडाँैंलगायत विभिन्न सहरमा पनिर सप्लाई गर्दै आएको छ ।

“काठमाडाँैंमा मात्रै दैनिक २०० किलो पनिर पठाउने गरेका छौँ” सञ्चालक पाठकले भन्नुभयो । माग नभएका कारण भूकम्पपछि काठमाडाँैंमा पनिर पठाउन नसकिएको उहाँको भनाइ छ । स्थानीय बजारमा भारतीय बजारबाट पनिर आयात गरिँदा समेत स्थानीय उत्पादनले बजार नपाएको उहाँको गुनासो छ ।

वरिष्ठ पशु विकास अधिकृत डा मदनसिंह धामीले यहाँ उत्पादित दुग्ध वस्तुले बजार कम पाइरहेको बताउनुभयो । उहाँका अनुसार कञ्चनपुरमा वार्षिक ३१ हजार मेट्रिक टन दूध उत्पादन हँुदै आएको छ ।

“उत्पादनको ७० प्रतिशत मात्रै खपत भइरहेको छ” उहाँले भन्नुभयो । रासस