१७ कार्तिक २०८३, मंगलबार

भूकम्पमा परी आठ हजार सात सय बढीको मृत्यु, बाइस हजार पाँचसय घाइते

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-policeकाठमाडौँ, २५ जेठ । भूकम्पमा परी आठ हजार सात सय ७४ जनाको मृत्यु भएको छ भने बाइस हजार पाँचसय घाइते भएका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षबाट प्राप्त पछिल्लो विवरणअनुसार काठमाडौँ उपत्यकामा एक हजार सात सय ३२, पूर्वाञ्चलमा ५८, मध्यमाञ्चलमा छ हजार पाँच सय २१, पश्चिमाञ्चलमा चार सय ६१ र मध्यपश्चिमाञ्चलमा दुई जनाको मृत्यु भएको छ ।

त्यसैगरी काठमाडौँ उपत्यकामा १३ हजार एकसय दुई, पूर्वाञ्चलमा चार सय ५२, मध्यमाञ्चलमा सात हजार सात सय ७०, पश्चिमाञ्चलमा एक हजार दुई सय ४२, मध्यपश्चिमाञ्चलमा ३६ जना र सुदूरपश्चिमाञ्चलमा दुई जना घाइते भएका छन् ।

भूकम्पमा ज्यान गुमाएका आठ हजार छ सय ८१ जनाको शव आफन्तलाई हस्तान्तरण गरिसकिएको तथा घाइतेमध्ये चार हजार चार सय पाँच जनाको उपचार भइरहेको छ । रासस