१७ कार्तिक २०८३, मंगलबार

संविधानसभाको बैठक आज बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sambidhan-sabha-vwanकाठमाडौँ, २५ जेठ । संविधानका विवादित विषयमा सहमति जुटाउन दिएको समयसीमा अनुसार संविधानसभाको बैठक आजपनि बस्दै छ ।

आजको बैठकमा संविधानका विवादित विषयमा छलफल हुने बताइएपनि पनि शोक प्रस्ताव पारित गरेर समाप्त हुने भएको छ ।

प्रतिनिधिसभा सदस्यको रुपमा २०५६ सालको उपनिर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित सदस्य डा गोपालप्रसाद कोइरालाको सम्मानमा शोक प्रस्ताव प्रस्तुत हुने संविधानसभा सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइकेलले जानकारी दिनुभयो ।

दलहरुको बीचमा संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि पटक–पटक छलफल भएपनि हालसम्म सहमति हुन सकेको छैन । दलहरुबीच सहमति भए दोस्रो बैठक राखेर भएपनि संविधानसभालाई अगाडि बढाउने तयारी गरिएको छ ।