काठमाडौं, २५ जेठ । महाभूकम्पले नेपाली आर्थिक बजार निस्कृय भइरहेका बेला यूएईका एक नेपालीले तीन करोडको लगानीमा सप्लायर्स व्यवसाय सञ्चालनमा ल्याएका छन् ।
मध्य तथा सुदूरपश्चिमका २१ जिल्लामा अग्नि सिमेन्ट र एसआर स्टीलको एक्सक्लुसिभ डिस्ट्रीब्युटर गर्ने गरी यूएईका प्रकाश कोइरालाले बाँके कोहलपुरमा लुम्बिनी सप्लायर्स स्थापना गरेका हुन ।
कोहलपुर १० बाँकेमा रहेको आफनै तीन कठ्ठा जमिनमा ४ कोठाको अफिस तथा मध्य तथा सुदूरपश्चिमकै ठुलो १७०० स्क्वायर फिट क्षेत्रफलमा रहेको गोदामको शनिवार शिलान्यास गरिएको छ ।
श्रीमती सरस्वती न्यौपाने कोइरालाद्वारा शिलान्यास गरिएको भबन एक महिनाको अबधिमा तयार भएर ब्यबसाय संचालनमा आउने छ । कोइरालाले मध्य पूर्वमा काम गर्ने नेपालीलाई अझै पनि खाडी देशमा काम गर्ने नेपालीको नामले चिन्ने तथा तल्लो स्थरको श्रमजीबी बर्गको भावानाले हेर्ने मानसिकतालाइ परिबर्तन गर्न समेत व्यवसाय संचालनमा ल्याइएको बताउनुभयो ।
घर निर्माणका लागी सिमेन्ट रड पेन्ट लगायत हार्डवेयरका सम्पूर्ण सामग्री मध्य तथा सुदूरपश्चिमका २१ जिल्लामा थोक तथा खुद्रा बिग्री वितरण हुने ब्यबसायी कोईरालाले जानकारी दिनुभयो ।
प्रवासी नेपाली मंच यूएइका अध्यक्ष समेत रहेका कोइरालाले यस अगाडी न्युजिल ट्रेड कन्सर्न धुम्बाराही, होटल नेशनल भिजन एण्ड ग्रीन प्यालेश रेस्टुरेन्ट तिनकुने, अरोमा हिमालयन कफी सप लगनखेलमा पनि व्यवसाहिक लगानी गरिसकेका छन ।
















प्रतिक्रिया