३० आश्विन २०८३, शुक्रबार

भूकम्प पीडितको सहयोगार्थ यूएईमा राजेश हमालको निःशुल्क प्रस्तुति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajesh hamalयूएई । चर्चित नायक राजेश हमालको नेतृत्वमा आधा दर्जन प्रख्यात कलाकारले भूकम्प पीडितको सहयोगार्थ यूएईको राजधानी आबुधाबीमा हुने च्यारिटी शो को तयारी लगभग पूरा भएको छ ,

कार्यक्रम आयोजना हुन ५ दिन मात्र बाँकि रहँदा तयारी तिव्र पारिएको आयोजकले जनाएको छ । भूकम्प पीडितका लागी मात्रै सहयोगमा केन्द्रित रहेर नेपाली राजदूतावास यूएईको संरक्षकत्वमा हुन गइरहेको उक्त कार्यक्रममा सम्पूर्ण कलाकारहरुले निःशुल्क प्रस्तुति दिनेछन् ।

कार्यक्रमलाई आकर्षक बनाउनका निमित्त महानायक राजेश हमाल, जी टि भी कि लिटल डान्सर तेरिया फौजा मगर, चर्चित हास्य कलाकारद्वय दिपकराज गिरी र दिपाश्री निरौला आउने भएका छन् । त्यसैगरी पप गायिका आस्था रावत, लोक गायकहरु तिलकबम मल्ल र इन्द्र जिसी, सम्झना लामिछाने मगर तथा पूर्व मोडेल तथा हमाल पत्नी मधु भट्टराई सहितका कलाकारहरुलाई भेट्न तथा यो च्यारिटी कार्यक्रम नछुटाउन आयोजकले सबैलाई आग्रह समेत गरेको छ ।

कार्यक्रम आबुधाबीको मुश्रिफ स्थित अल नाहदा नेशनल स्कुलको सभा हलमा आयोजना हुँदैछ ।