३० आश्विन २०८३, शुक्रबार

न्यूरोडका व्यापारीहरुले प्रधानमन्त्रीसँग मागे उच्चस्तरीय समिति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ जेठ । न्यूरोड क्षेत्रका व्यापारीहरुले भूकम्पबाट जोखिममा रहेको सो क्षेत्रको अध्ययनका लागि उच्चस्तरीय समितिको माग गर्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएका छन् ।

राष्ट्रिय व्यापार सङ्घ, नेपाल ब्याग उद्योग सङ्घ, नेपाल गणतान्त्रिक व्यापार सङ्घ, नेपाल एकता व्यापार सङ्घलगायतका त्यस क्षेत्रका एक दर्जन सङ्घसंस्थाले आज पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुका लागि अन्यन्त्र व्यवसाय गर्ने थलोको आवश्यकता रहेको भन्दै सरकारले ध्यान दिनुपर्ने माग गरेका हुन् ।

राष्ट्रिय व्यापार सङ्घका अध्यक्ष नयनबहादुर पण्डित क्षेत्रीले प्रधानमन्त्री कोइरालाले ज्ञापनपत्र बुझ्दै यो समस्या आफूले पनि महसुस गरेको बताउँदै उचित स्थानको खोजी गरी आफूलाई जानकारी दिएमा यो समस्या छिटै समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको बताउनुभयो ।
व्यापारीहरुले राम्रा देखिएका भवनभित्र समेत चिराचिरा परेकाले आफ्नो जीवन जोखिममा रहेको गुनासो पोखे । साना गल्ली र ठूला भवन रहेका न्यूरोड क्षेत्रमा करिब २० हजार पसल रहेका छन् । रासस