३० आश्विन २०८३, शुक्रबार

बैंकिङसंगै मोडलिङ क्षेत्रमा जमेका कृष्ण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Krishna-ghimire (1)

– सुशिल नेपाल 

बुटवल । मोफसलको मोडलिङ दुनियाँमा कृष्ण घिमिरे पनि सक्रिय मानिन्छन । पेशाले भन्दा उनी एक मोडल मात्र नभई बैंकका कर्मचारी समेत हुन । अत्यन्तै व्यस्त पेशामा हुँदापनि मोडलिङमा सक्रिय रहेका उनले १ दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं ५ जन्मघर भएका उनी अभिनय, गीत संगीत प्रवद्र्धन तथा नयाँनयाँ ठाउँ घुम्न अत्यन्त सोखिन रहेको बताउँछन् ।

आशिष म्यूजिक कम्पनीको प्रस्तुतीमा करण न्यौपानेको शब्द, श्रीकृष्ण बम मल्लको संगीत तथा स्वरुपराज आचार्यको स्वरमा रहेको ‘मनका कुरा बुझ्ने भए मनै देउता हुन्थे हजुर’ बोलको गीतबाट मोडलिङमा पाइला चालेका उनी त्यसलगतै ‘आजकल मलाई बाच्नै मन लाउँदैन’,‘जस्ले मलाई माया गर्छ’,‘राम्री भएर होकी मलाई’ लगायत दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

उनले अभिनय गरेको शिव प्रसाद सुबेदीको शब्द, विपिन आचार्यको संगीत र माण्डवी त्रिपाठीको स्वरमा रहेको आधुनिक गीत ‘तिम्ले घात गरेपछि घातै सहेकी छुुु’ बोलको गीतको भिडियो पनि चाँडैनै बजारमा आउने उनले बताए ।