३० आश्विन २०८३, शुक्रबार

भूकम्पपीडितका लागि कालेको च्यारिटी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kale-film (2)काठमाडौ । भूकम्प पीडितको सहयोगार्थ चलचित्र ‘काले’को च्यारिटी गरिने भएको छ । नेपाल मोडलिङ संघको आयोजनामा आगामी २९ गते बिश्वज्योती चलचित्र भवनमा यसको च्यारेटी गर्न लागिएको हो ।

एक्सपोज नेपालको समेत सहकार्य रहेको उक्त शो बाट उठेको सम्पुर्ण रकम भूकम्पपीडितलाई पारदर्शी तवरले दिइने नेपाल मोडलिङ संंघका अध्यक्ष दिनेश शाहीले बताए ।

kale-film (1)

‘भूकम्प पीडितको नाममा बिभिन्न ब्यक्तिहरुले फाइदा उठाइरहेको समाचार बाहिर आइरहेको छ’ शाहीले भने‘ हामी भने त्यो बिषयमा सचेत छन् ।’ मिडियालाई साक्षी राखेर उठेको रकम दिइने उनले खुलाए ।

‘काले’ महेश गिरीको लगानीमा निर्माण भएको चलचित्र हो । मौलिक नेपाली चलचित्र भनेर निर्माण समयमा प्रचार गरिएको यो चलचित्र उद्धव अभिदितले निर्देशन गरेका हुन् ।

निस्तेज, निरौला, जेनसा केसी, महेश गिरी, समिक्षा अर्याल, दिनेश दुलाल लगायतको चलचित्रमा मुख्य भुमिका रहेको छ । चलचित्रले कर्णाली भेगका दलित समुदाय र जातीय भेदभावको कथा भन्ने निर्माण पक्षको भनाई रहेको छ ।