मुम्बई । बलिउड किंग अभिनेता शाहरुख खानकी नयाँ क्वीन(रानी) सार्वजनिक भएकी छिन् ।
सोसल मिडियाले शाहरुखकी क्वीन प्रियंका चोपड़ालाई सार्वजनिक गरेको हो । यी दुबैलाई सोसल मिडियाले राजा रानी बनाएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
उनीहरुले सोशल मिडियाको ‘किंग’ र ‘क्वीन’को उपाधि पाएका छन् । किंग एण्ड क्वीन अफ सोशल मिडियाको यो उपाधि उनलाई एक अनलाइन पोर्टलले सोशल मिडियाका पाठकसँग सम्पर्कमा रहने प्रयासको प्रशंसा गर्दै दिएको हो ।
अवार्ड पाएपछि राजा रानी बनेका शाहरुख र प्रियंकाले दर्शकको मायालाई कायम राख्ने बताए । उनीहरुले दर्शकलाई विश्वास गरेकोमा धन्यवाद समेत दिए । रियल लाईफमा यो जोडी बन्न सकेको छैन् । तर कतिपय रिल अर्थात फिल्ममा यो जोडी सर्वाधिक हिट बनेको छ । एजेन्सी















प्रतिक्रिया