३० आश्विन २०८३, शुक्रबार

यी हुन् विश्वकै सबैभन्दा ठूला विनाशकारी भूकम्प (हेर्नुस् भिडियो)

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

japan-earthquake

काठमाडौँ, २२ जेठ । नेपालमा बैशाख १२ गते गएको बिनाशकारी भूकम्पको त्रासबाट सर्वसाधारण अझै मुक्त हुन सकेका छैनन् । नेपालमा गएको शक्तिशाली भूकम्प अहिले पनि संसारभरका लागि हेडलाइन बनिरहेको छ ।

यति नै बेला जापान र मलेसियामा पनि विनाशकारी भूकम्प गएका छन् । जसले त्यहाँ निकै ठूलो तनाव सिर्जना गरिदिएको छ । चिली, जापान र हैटीमा गएका भूकम्पले अहिले पनि विश्व समुदायलाई तर्साइरहेको छ ।

अहिलेसम्म सबैभन्दा ठूलो भूकम्प चिलीमा १९६० मे २२ मा गएको थियो । जुन ९.५ रेक्टर स्केलको थियो । त्यसअघि सन् १८२२ मा पनि चिलीमा ८.५ रेक्टर स्केलको भूकम्प गएको थियो । सन् २०१० मा पनि चिलीमा ८.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

अमेरिकाको अलस्कामा सन् १९६४ मा गएको ९.३ रेक्टर स्केलको भूकम्पलाई विश्वकै दोस्रो ठूलो भूकम्प मानिन्छ । अमेरिकामा पटकपटक ठूला भूकम्प गएको इतिहास छ ।
https://www.youtube.com/watch?v=WL5AkPH09Dc
यसैगरी, सन् २००४ मा इन्डोशियाको सुमात्रामा ९.२ रेक्टर स्केलको भूकम्प गयो । जसलाई विश्वकै तेस्रो ठूलो भूकम्पको रुपमा लिइन्छ । भूकम्पपछि आएको सुनामीले लाखौँको ज्यान लिएको थियो ।

सन् २०११ मा जापान र सन् १९५२ मा शोभियत युनियनमा गएको ९ रेक्टर स्केलको भूकम्पलाई विश्वकै चौथो ठूलो भूकम्प मानिन्छ । जापानमा पटकपटक भूकम्प जाने गरेको छ ।

भूकम्प विश्व समुदायका लागि नै निकै टाउको दुखाइको विषय हो । इतिहासलाई पल्टाएर हेर्ने हो भने जापान, चिली, अमेरिका, इन्डोनेशिया, पेरु, पोर्चुगल, रसियामा ठूला ठूला भूकम्प गएको देखिन्छ ।