१७ कार्तिक २०८३, मंगलबार

विराटनगरबाट काठमाडौँ आउँदै गरेको जहाज दुर्घटनाबाट बच्यो, १० मिनेटमै आकस्मिक अवतरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yeti-airlines
फाइल फोटो

विराटनगर, २२ जेठ । विराटनगर विमानस्थलबाट काठमाडौँका लागि उडेको यति एयरलायन्सको जहाज दुर्घटनाबाट बचेको छ ।

३० जना यात्रु बोकेर आज अपराह्न काठमाडौँका लागि उडेको यति एयरलाइन्सको जहाज दस मिनेटमै आकस्मिक अवतरण गरिएको हो ।

विमानमा प्राविधिक गडबडी देखिएपछि आकस्मिक अवतरण गरिएको एरलायन्सका विराटनगरस्थित प्रबन्धक प्रेम कुँवरले बताउनुभयो । प्राविधिक परीक्षणपछि मात्र सेवा सुरु गरिने उहाँले बताउनुभयो ।