१७ कार्तिक २०८३, मंगलबार

मलेसियामा शक्तिशाली भूकम्प, नेपाली सुरक्षित(विज्ञप्ती सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

earth quake malaysia road damage

काठमाडौं, २२ जेठ । ८ लाख कामदार कार्यरत मलेसियामा शुक्रबार विहान गएको शक्तिशाली भूकम्पमा नेपालीहरु सुरक्षित रहेको नेपाली दूतावासले जनाएको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको नेपाली दूतावासले शुक्रबार बेलुका विज्ञप्ती जारी गरेर मलेसियाको सवाह राज्यमा आएको शक्तिशाली भूकम्पमा कोही पनि नेपाली नपरेको जनाएको हो । भूकम्प गएको सवाह राज्यमा मात्रै तीन हजार नेपाली कामदार कार्यरत छन् ।

नेपाली कार्यरत सम्बन्धीत रोजगारदाता कम्पनी तथा स्थानीय नेपालीले हालसम्म कुनैपनि नेपाली हताहत नभएको जानकारी दूतावासलाई गराएको विज्ञप्तीमा उल्लेख छ ।

दूतावासले आफूहरु सवाह राज्यका नेपालीसँग निरन्तर सम्पर्क रहेको र अहिलेसम्म सबै नेपाली सुरक्षित रहेको जनाएको छ । शक्तिशाली भूकम्पबाट मलेसियामा हिमाल चढ्न लागेका पाँच जनाको मृत्यु भएको छ । मलेसियामा शुक्रबार विहान ७ बजेर १५ मिनेटमा ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको थियो ।

nepali embassy malaysia statement