३० आश्विन २०८३, शुक्रबार

थाइल्यान्डका प्रधानमन्त्री चानोचाले नेपाललाई ४० करोड दिए

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

thai-landकाठमाडौँ, २१ जेठ । थाईल्यान्ड सरकारले भूकम्पपीडितको सहायतार्थ करिब रु. ४० करोड प्रदान गरेको छ ।

ब्याङककमा आज आयोजित एक कार्यक्रममा थाइल्यान्डका प्रधानमन्त्री प्रायुथ चानोचाले थाइल्यान्डका लागि नेपालका राजदूत खगनाथ अधिकारीलाई रु दश करोड हस्तान्तरण गर्नुभएको ब्याङककस्थित नेपाली दूताबासले जनाएको छ ।

नेपालका भूकम्पपीडितलाई प्रदान गरिएको रु.४० करोडमध्ये संयुक्त राष्ट्रसङ्घीय विश्व स्वास्थ्य सङ्गठन, बालकोष, मानवीय समन्वयकर्ताको कार्यालयलाई रु. ३० करोड प्रधानमन्त्री प्रायुथले ती निकायका पदाधिकारीलाई हस्तान्तरण गर्नुभयो ।

यसअघि थाइल्यान्ड सरकारले भैँचालोपीडितका निम्ति रु. दुई करोड उपलब्ध गराएको थियो । रासस