
काठमाडौं । सञ्चारकर्मी अर्जुन के आरलाई मान्छे एक, प्रतिभा अनेक भनेर धेरैले चिन्ने गरेका छन् ।
रेडियो जक्की मात्र नभएर उनी कला मनोरञ्जन सम्बन्धी दमदार समाचार कोर्ने गर्छन् । नेपालका चर्चित टेलिसिरियल तितो सत्य, मेरी बाँस्सैमा समेत अभिनय गरेका अर्जुन गीतसँगीतमा पनि क्रियाशिल छन् ।
यतिमात्र भन्दा उनको परिचय अधुरो रन्छ अव । त्यसैले उनको परिचय यतिमा मात्र सिमित रहेन, हालैमात्र अर्जुनले एउटा म्युजिक भिडीयोको निर्देशन समेत गर्दै निर्देशन जगतमा डेब्यु मारेका छन् ।
‘बुद्धका आँखा हेर सालिन छन् अझै’ बोलको देशभक्ति भावनाले भरिएको गीतको भिडियोलाई अर्जुनले निर्देशन गरेका हुन् । मधुको शाहीको शब्द रहेको उक्त गीतमा गायक ज्योती प्रकाश गायिका जुना प्रसाईको स्वर रहेको छ भने संगीत गायक ज्योती स्वयमले भरेका छन् ।
काठमाडौंको साँखु आसपासका क्षेत्रहरु, सुन्धारा, स्वयम्भु लगायताका ठाउँमा भिडियोको छाँयाकन गरिएको अर्जुनले बताए । उनले भने–‘पर्सी यो गीतको भिडियो सार्वजनिक गर्दैछौ । निकै मेहेनत गरेकोले दर्शक तथा स्रोताले रुचाईदिने अपेक्षा छ ।’
भिडियोमा नेपालका चर्चित कलाकाहरु दीपकराज गिरी, दिपाश्री निरौला, निर्मल शर्मा गैंडा, जितु नेपाल मुन्द्रे, झरना थापा, सुरवीर पन्डित आदिले अभिनय गरेका छन् ।
मोटिभेसनल यस गीतमा एकतामा बल छ, अब हामी सबै मिल्नुको बिकल्प छैन, बिपदमा परेको बेला हामी नेपालीले नै नेपालीलाई सहयोग गर्ने हो भन्ने सन्देश दिन खोजिएको बताइएको छ ।






















प्रतिक्रिया