३० आश्विन २०८३, शुक्रबार

भूकम्पले नेपालका पाँच सहरलाई अन्यत्रै सार्‍यो, कस्लाई कहाँ पुर्‍यायो ? (हेर्नुस तालिका)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-nepal

काठमाडौँ, २१ जेठ । नापी विभागले भूकम्पका कारण काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रका भौगोलिक अवस्थामा परिवर्तन आएको जनाएको छ ।

विभागले वैशाख १२ गते गएको भूकम्प र त्यसपछि गएका शक्तिशाली परकम्पले पुर्‍याएको प्रभावका बारेमा गरेको अनुसन्धानले जमिनमा फेरबदल आएको पाएको हो । विभागले काठमाडौँ उपत्यकाका नगरकोट, लाखेडाँडा, स्वयम्भू र फुल्चोकी तथा नुवाकोटको कुमरीडाँडामा अध्ययन गरेको थियो । सोअनुसार नगरकोटमा १.८२ मि, फुल्चोकीमा ०.९२ मि, लाखेडाँडामा ०.९९ मि, स्वयम्भूमा १.६४ र कुमरीडाँडामा १.७१ मि दक्षिण पश्चिम दिशामा परिवर्तन भएको विभागले जनाइएको छ ।

Earth-quake-table

अमेरिकाको कोलोराडो विश्वविद्यालयको सहयोगमा विभागले ‘गोरखा भूकम्प’बाट सरेको भनिएको जग्गा नापीलाई जारी राखेको सूचना अधिकृत अनिल मरासिनीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – “भूकम्प गएको केही दिनमा भूकम्पले क्षति पु¥याएका विभिन्न पाँच ठाउँको अध्ययन गर्‍यौँ, अहिले अमेरिकाको विश्वविद्यालयको सहयोगमा देशभरका मुख्य २५ स्थानको अध्ययन गर्न लागेका छौँ ।” उहाँका अनुसार ‘ग्लोबल पोजिसनिङ सिस्टम’ बाट भूकम्प नगएका हङकङ, ल्हासा, बैंलोर, हैदराबाद, कजकस्थान, ओमान, मङ्गोलियालगायत १३ स्थानबाट नेपालको अध्ययन गरिएको थियो ।

विभागले विभिन्न सङ्घसंस्थाका सहयोगमा भूकम्प प्रभावितमध्ये १७ जिल्लामा भएको क्षतिको यकिन तथ्याङ्क सङ्कलन गरी वेबसाइटमा राख्ने काम गरेको महानिर्देशक मधुसूदन अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो- “भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार गर्न सजिलो होस् भन्नका लागि बेबसाइट हेरेर प्रभावित क्षेत्रमा जान मिल्ने गरेर नक्सा तयार गरेका छौँ ।”

नक्सा सर्भेक्षणका लागि चाहिने आधारभूत वस्तु खरिद गर्नका लागि व्यवस्थापिका-संसद्को समितिमा जानकारी गराइसकिएको अधिकारीले बताउनुभयो । रासस,