६ कार्तिक २०८३, शुक्रबार

एभरेष्ट स्कुलले भूकम्पमा आमा गुमाएका बालकलाई बिबिएसम्म निःशुल्क पढाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

7 aama Gumayeka Balak
भूकम्पमा आमा गुमाएका १ महिने बालक ।

काठमाडौं, २१ जेठ । एभरेष्ट हाइयर सेकेन्डरी स्कुलसँग सहकार्य गर्दै तीन जना युवाले १५ लाख बढीको राहत बितरण गरेका छन् ।

गागलफेदी सुनारटोलमा भूकम्पका कारण आमा गुमाउन पुगेका १ महिने बालकलाई बिबिएस सम्मको निःशुल्क शिक्षा एभरेष्ट स्कुलमा गरिदिने ब्यबस्था गरिएको स्कुलका सह प्रधानाध्यापक अनुप आचार्यले बताए ।

बैशाख १२ र २९ गते गएको आम बिनासकारी भूकम्पका कारण क्षति भएका गोरखा, काभ्रे, नुवाकोट, धादिङ, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र काठमाडौंका बिभिन्न गाबिसमा राहत बितरण गरिएको राहत बितरण कार्यक्रमका संयोजक अनुप आचार्यले जानकारी दिए ।

4  राहत बितरणमा सक्रिय रहेका अनुप आचार्य, एमडी शेख र देबी अंगाईले ब्यक्तिगत रुपमा संकलन भएको राहत भूकम्प प्रभाबित गाबिसको सिफारिसका आधारमा बितरण गरिको बताए ।

राजधानीको गल्कोपाखामा रहेको एभरेष्ट स्कुललाई आधार बनाएर संकलन भएको राहत चामल, दाल, नुन, खाने तेल, औषधी, चाउचाउ, बिस्कुट, मसला, चिउरा, सुत्केरी र बच्चाको लागि खाना बितरण गरिएको थियो बिदेशमा रहेको नेपाली बिद्यार्थीहरु, बिभिन्न पेशा र ब्यबशायमा सक्रिय रहेको ब्यक्तिहरुका कारण राहत संकलन र बितरण गर्न सकिएको एमडी शेखले बताए ।

बैशाख १३ गते देखि राहत बितरण कार्य शुरु गरि हालसम्म पनि बितरण गरिँदै आएको बताउँदै शेखले यसलाई निरन्तरता दिने बताए ।

35