दैलेख, २१ जेठ । दैलेखमा एक जनाले आफूले राखेको प्रस्ताव अस्वीकार गरेपछि विवाहित महिलाको घरमा आगो लगाएका छन् ।
अर्काको घरमा आगजनी गरेको अभियोगमा ल्याटी बिन्दासैनी–८ बस्ने ४८ बर्षीय गगन बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको हो । बुढाले बुधबार राति सोही ठाउँ बस्ने सीता बुढाको घरमा आगजनी गर्दा ९ वटा बाख्रा जलेर मर्नुको साथै घर तथा अन्नपात जलेर क्षति भएको थियो ।
आगलागी प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रण गरेका थिए । आगो लगाउने बुढालाई प्रहरीले हिरासतमा राखेर कारवाही प्रक्रिया अगाडि बढाएको छ ।















प्रतिक्रिया