काठमाडौँ, २१ जेठ । काठमाडौंमा सञ्चालित जुवाखालबाट प्रहरीले ८ जनालाई रंगेहात पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–३५ कोटेश्वर स्थित जित बहादुर बुढाथोकीले संचालन गरेको सिभिल खाजा घरमा जुवा तास खेली रहेका नरेफाँट बस्ने काभ्रे चौवास–४ घर भएका २९ बर्षीय सहेद कुँवर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले बुधबार उनीहरुलाई नगद १ लाख ४० हजार ६ सय २६ रुपैयाँ, भारतीय २७ हजार ७ सय ७० रुपैयाँ र तास २ बुक सहित पक्राउ गरेको हो । पक्राउ परेका जुवाडीमाथि कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।















प्रतिक्रिया