सुनसरी, २१ जेठ । चाईनिज पेस्तोल सहित मोरङमा एक जना पक्राउ परेका छन् ।
मोरङ मृगौलीया–८ बस्ने ४१ बर्षीय भक्त भनिने योगीराम दाहाललाई प्रहरीले चाईनिज पेस्तोल १ थान सहित पक्राउ गरेको छ ।
क्षेत्रीय प्रहरी व्यूरो बिराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले दाहाललाई बुधबार इटहरी नगरपालिका–४ स्थित सेकुवा कर्नरमा शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा झोलामा लुकाई छिपाई राखेको अवस्थामा उक्त पेस्तोल बरामद भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया