६ कार्तिक २०८३, शुक्रबार

गुल्मी प्रहरीद्धारा अवैध काठ बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

wood-cutting– अनिल खत्री
गुल्मी २१ जेठ । गुल्मीको श्रृङ्गाप्रहरी चौकीले अवैध सालको काठ बरामद गरेको छ ।

लु १ ख ३३१० नम्वरको मिनी ट्रकमा दिगामको धरमपोखरा तर्फ ल्याँउँदै गरेको झ्याल,चौकस लगायतका सामग्री बनाई सकिएको १ सय १० थान सालको काठ बरामद गरी जिल्ला वन कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

काठ सहित त्यस ट्रकका चालक समेत पक्राउ गरी जिल्ला वन कार्यालयमा बुझाईएको प्रहरीले जानकारी दिएको छ । यस सम्वन्धमा जिल्लावनअधिकृत विशाल घिमिरे संग सम्पर्क गर्दा उनले उक्त काठ वरामद गरी रिडी ईलाका वन अधिकृत दुर्गादत्त कँडेललाई अनुसन्धान अधिकृत तोकेर कारवाही प्रक्रिया अगाडि बढाईएको बताए ।

‘व्यक्तिले आफ्नो जमिनमा रहेको सालको काठ समेत अनुमति विना काट्न वञ्चित छ’– जिल्ला वन अधिकृत घिमिरेले भने–‘विना अनुमति काटिएको सालको काठ काट्ने व्यक्ति उपर नियमअनुसार कार्वाहीको व्यवस्था रहेको छ ।’