६ कार्तिक २०८३, शुक्रबार

बिहान परेको पानीको यस्तो असर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

barsaपर्सा, २१ जेठ । बारा–पर्साका बासिन्दालाई आज बिहानदेखि परेको वर्षाले राहत प्रदान गरेको छ ।

लगातार ४२ डिग्रीभन्दा बढी तापक्रमको गर्मी खेपिरहेका सर्वसाधारणलाई बिहान ६ बजेदेखि सुरु भएको वर्षाले ठूलो राहत प्रदान गरेको छ ।

पानीको अभावमा असारे धानको बेर्ना तयार गर्न नसकेका बारा–पर्साका किसानलाई समेत बिहान परेको वर्षाले राहत प्रदान गरेको छ ।

गण्डक नहरमा पानी नआएपछि आकासे पानीको भर परेका किसानले बिहानदेखि परेको बर्खे पानीका कारण धानको बेर्ना तयार पर्न सकिने भएका छन् । साथै पानीले आँप, लिच्ची जस्ता मौसमी फललाई समेत फाइदा पु¥याउने किसानले बताएका छन् । रासस