६ कार्तिक २०८३, शुक्रबार

गोदाममा लुकाई राखेको अवस्थामा काठमाडौंमा भूकम्प पीडितको राहत सामग्री भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prarena-tarai-rahat (2)
फाइल तस्वीर

काठमाडौँ, २० जेठ । भूकम्प पीडितहरुको लागि ल्याएको राहतको सामग्री गोदाममा लुकाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । चन्दागिरी नगरपालिका-२३ ढुङ्गे अड्डा स्थित राजेन्द प्रसाद गुप्ताले संचालन गरेको पशुपति ट्रान्सपोर्टको गोदामबाट प्रहरीले मंगलबार राहतको कम्बल र त्रिपाल बरामद गरेको हो ।

गुप्ताले राहत सामग्रीहरु स्टोर गरी राखेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले गोदाम खानतलासी गर्दा नेपाल अतिवरण समितिको लागि ल्याएको कम्वल २५ पोका र सामाजिक तथा वातावरणीय विकास युवा सम्बन्ध अनामनगरको लागि ल्याएको त्रिपाल २१ पोका बरामद भएको थियो ।

गोदामका मालिक राजेन्द प्रसाद गुप्ता फरार भएका छन । प्रहरीले उनको खोजी गरिरहेको छ ।