काठमाडौं, २० जेठ । विनाशकारी भूकम्पपछि दिनरात घाइतेको उद्दारमा खटिएका एक पाइलटले मंगलबार आफैले चलाएको हेलिकप्टर दुर्घटनामा पर्दा ज्यान गुमाएका छन् ।
भक्तपुर घर भएका पाइलट सुबेग श्रेष्ठसहित चार जनाले ज्यान गुमाए । विनाशकारी भूकम्पपछि दिनरात गोरखाका घाइतेको उद्दारमा खटिएका उनको मंगलबार खिम्ती र भोटेकोशीको केन्द्रीय प्रसारण लाइनमा ठोक्किएर सिन्धुपाल्चोकको यमुनाडाँडा–८ बलेफीमा भएको माउन्टेन एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको हो ।
केन्द्रीय प्रसारण लाइनमा ठोक्किदा हेलिकप्टर शिला पर्वत जंगलमा खसेको थियो । भनिन्छ, जन्म नै मृत्युका लागि हुन्छ । तर ढिलो चाडो मात्रै हो । उनले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा चाँडै ज्यान गुमाए ।
भूकम्पबाट शोकमग्नमा रहेको देशमा सिन्धुपाल्चोकका भूकम्प पीडितलाई राहत दिएर फर्किरहदा हेलिकप्टर दुर्घटनामा क्याप्टेन सुबेक श्रेष्ठको निधनको खबरले थप स्तब्ध बनाईदिएको छ ।
गोरखाका स्थानीयका अनुसार उनले धेरैको उद्धार गरेका छन् । धेरैलाई बचाएका थिए । तर अरुलाई बचाउने क्रममा आफैले ज्यान गुमाए । मनकारी क्याप्टेनको सुवेकको सहयोग, उद्धार र राहतलाई अहिले हरेक नेपालीले सम्झिरहेका छन् ।















प्रतिक्रिया