६ कार्तिक २०८३, शुक्रबार

दिल्लीबाट आएको बसले कञ्चनपुरमा युवकलाई ठक्कर दियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kanchanpurभीमदत्तनगर, २० जेठ । दिल्लीबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बसको ठक्करले कञ्चनपुरको भीमदत्तनगरस्थित ट्राफिक चोकमा एक जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गको ट्राफिक चोकमा काठमाडौँ जाँदै गरेको ना५ख १००२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको म१प ७९२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा टीकाराम डगौंराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मङ्गलबार साँझ भएको सो दुर्घटनामा ज्यान गुमाएका डगौंरा कोष तथा लेखा नियन्त्रक कार्यालय भीमदत्तनगरमा कार्यरत थिए । कार्यालयका अनुसार उनी राति कार्यालय समय परेकाले घरबाट कार्यालय आउँदै थिए । बस प्रहरीको नियन्त्रणमा रहेको प्रहरी जनाएको छ । रासस