६ कार्तिक २०८३, शुक्रबार

सर्पले टोक्दा रौतहटमा एक बालिकाको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sarpaरौतहट, १९ जेठ । विषालु सर्पको टोकाइबाट आज रौतहटको औरैया गाविसमा एक बालिकाको मृत्यु भएको छ ।

औरैया गाविस–६ का जयराम पासवानको १० वर्षीया छोरी काजल कुमारीको सर्पको टोकाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घरमा खेलिरहेको समयमा काजलको हातमा सर्पले डसेको थियो । बालिकालाई उपचारका लागि अस्पताल नलगी झाँक्रीबाट झारफुक गराउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस