काठमाडौँ १९ जेठ । भूकम्पपीडितको सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनआइसी–एसिया बंैक, विश्व सुसमाचार समाज र साउथ एसिया वाच अन ट्रेड इकोनोमिक्स एण्ड इन्भायरोमेण्ट (सावती)ले रकम प्रदान गरेका छन ।
प्रधानमन्त्री निवासमा आज आयोजित कार्यक्रममा ती संस्थाका प्रमुखले उक्त कोषमा दाखिला हुने गरी सहायता रकमको चेक हस्तान्तरण गर्नुभयो ।
एनआइसी एसिसा बैंकका अध्यक्ष जगदीशचन्द्र अग्रवालले रु १० लाख र समाजका अध्यक्ष तेजेन्द्र गौतम पनि त्यति नै रकम तथा सावतीका कार्यकारी निर्देशक हीरामणि घिमिरेल रु एक लाख ११ हजार १११ को चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण भयो ।
त्यस अवसरमा प्रधानमन्त्री कोइरालाले दुःखमा परेका नेपालीलाई आफ्नो गाँस काटेर दिएको रकम दुरुपयोग र हिनामिना हुन नदिने प्रतिबद्धता जनाउनु भयो । उहाँले भूकम्पको पीडाबाट मुलुक शीघ्र बाहिर निस्केर शान्ति,स्थायित्व र विकासको मार्गमा अग्रसर हुने बताउनुभयो । रासस
















प्रतिक्रिया