काभ्रे, १९ जेठ । काभ्रेका भूकम्प पीडितहरुको सहयोगार्थ परोपकार प्राथमिक उपचार केन्द्र (पीपीयुके) धुलिखेलको सक्रियतामा राहत वितरण तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएकोे छ ।
काभ्रेकोे टुकुचा नाला ७ र ८ मा केन्द्रको अगुवाइमा भूकम्पबाट प्रभाबित १ सय ८० घर दलित परिवारलाई राहत स्वरुप चामल, नुन, तेल, किचन सामग्रीहरु बितरण गरिएको थियो ।
रक्की माउन्टेन फ्रेन्डस अफ नेपाल, नेपाली घर, तमुधी कोलोराडो अमेरिका, इरा हेल्थ फाउन्डेशन, ग्रीन सोल्जर्सद्वारा संकलित सो राहतसामग्री प्रसिद्ध गायिका कोमल वली, समाजसेवी बिकु लामा, डा. गिर्बान राज तिमिल्सीना, प्रज्ञा, शरद, अचुत गुरुङले संयुक्त रुपमा बितरण गरेका थिए ।

सोही अवसरमा इरा हेल्थ फाउन्डेशनका डा.गिर्बान राज तिमिल्सीनाले १ सय ६५ जनाको स्वास्थ्य परीक्षणका साथै औषधि बितरण समेत गरेका थिए ।
कार्यक्रममा भूकम्पका कारण मनोवैज्ञानिक त्रासमा रहेका नाला क्षेत्रका विद्यार्थी, शिक्षकशिक्षिका तथा अविभावकहरुलाई गायिका कोमल वलीले म्युजिक थेरापीका साथ मनोरञ्ज समेत प्रदान गरेका थिए ।
















प्रतिक्रिया