काठमाडौं । यसअघि बुटवलमा रहेर बिभिन्न सञ्चार माध्यममा आवद्ध रहेका मुक्तिबाबु म्युजिक भिडियोमा पनि देखिने भएका छन् ।
हाल जापानमा रहेका उनी नेपाली सुगम सङ्गितमा अत्यन्त व्यस्त मानिने गायक प्रमोद खरेलको मार्मिक गीत ‘लाग्छ आज जिन्दगीको छायाँ छुटेजस्तो’ को म्युजिक भिडियोमा देखिने भएका हुन् । जुन गीतको छायांकन जापानमै गरिएको छ ।

आफूले मन पराएको मनको मान्छे टाढा भएपछी मन दुखाएरै भएपनी बस्नुपरेको पीडालाई भिडियोमा देखाउन खोजिएको निर्देशक तथा छायाङ्ककार बिष्णु बस्नेतले बताए ।
बिबी अनुरागीको संगीत, विश्व देभकोटा(अन्तरध्वनी) को शब्द रहेको उक्त भिडियोमा मुक्ती बाबुलाई स्मृति आचार्य र बिक्रम अर्यालले साथ दिएका छन् । छायांकन सकिसकेको उक्त भिडियो अब चाँडै नै बजारमा ल्याइने निर्देशक तथा छायाङ्ककार बिष्णु बस्नेतले बताए ।
प्रस्तुतीः सशिल नेपाल

















प्रतिक्रिया