६ कार्तिक २०८३, शुक्रबार

भारतबाट आएको राहत व्यापारीले गोदाममा हालेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prarena-tarai-rahat (1)काठमाडौँ, १९ जेठ । भारतबाट आएको राहत व्यापारीले गोदाममा हालेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ महानगरपालिका–९ सिनामंगल स्थित झापा जुटपानी–६ घर भएका नवराज शर्माले भारत चण्डीगढबाट ५६५ बण्डल त्रिपाल खरिद गरी गोदाममा ट्रकबाट पाल खसालेपछि प्रहरीले ट्रक नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

गोदाममा राहत देखेपछि स्थानीय बासिन्दाले राहतको हुन सक्ने भनी छानविन गरिपाउँ भनी मौखिक उजुरी गरेकोले प्रहरीले अनुसन्धानको लागि ना.४ ख ४११६ नम्वरको पाल सहितको ट्रकलाई नियन्त्रणमा लिएको हो ।