सिराहा, १९ जेठ । सिरहामा एक युवकको अण्डकोष फुटेर मृत्यु भएको छ ।
सामान्य विवादमा लात्ताले हान्दा अण्डकोषमा लागेर राजपुर–६ बस्ने रामपिडित दासको मृत्यु भएको हो ।
सोही ठाउँ बस्ने जोगेन्द्र मण्डलको मिलमा गहुँ पिसाउन गएको अवस्थामा दाश र मण्डलबीच सोमबार सामान्य विवाद हुँदा मण्डलले लात्ताले हान्दा दाशको अण्डकोषमा लागेर घटनास्थलमै मृत्यु भएको थियो ।
प्रहरीले मण्डललाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया