३० आश्विन २०८३, शुक्रबार

ठगीको आरोपमा हिरोइन पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

leena paulमुम्बई । करोडौ रकम ठगी गरेको आरोपमा बलिउडकी एक हिरोइनलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

भारतको मुम्बई प्रहरीले हिरोइन लीना पाल र उनका जीवनसाथी शेखर चन्द्रशेखरलाई मंगलबार करिब १० करोड रुपैयाँ गठी गरेको आरोपमा घरबाटै गिरफ्तार गरेको हो ।

प्रहरीका अनुसार हिरोइनले आफ्ना जीवनसाथीसँग मिलेर फर्जी इन्भेष्टमेण्ट कम्पनी खोलेर सावा राखेको कम समयमै १० गुणा बढी व्याज दिने भनेर ठगी गरेका थिए । प्रहरीले ठगिएका पीडितको उजुरीमा हिरोइनलाई पक्राउ गरेको हो ।

दुबैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको मुम्बई प्रहरीले जनाएको छ । एजेन्सी