६ कार्तिक २०८३, शुक्रबार

मधेसका स्वयंसेवक पहाडमा विद्यालय बनाउँदै, ७ विद्यालय र ४० घरको निर्माण सकियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-okhaldhunga (3)  ओखलढुंगा, १९ जेठ । नेकपा एमालेका स्वयंसेवकहरुले ओखलढुंगामा भूकम्पबाट ध्वस्त संरचनाको हटाएर अस्थायी टहरा निर्माण कार्यलाई तीव्रता दिएको छन् ।

ओखलढुंगाको पात्ले, कटुञ्जे, हर्कपुर, श्रीचौर, टारकेराबारी, पोकली, गाम्नाङटार लगायतका गाविसमा प्राविधिकसहितको टोलीले काम गरिहेको छ । स्वयंसेवकहर उदयपुर सिरहा र सप्तरीबाट आएका छन्, भने ओखलढुंगाका स्थानीय एमाले कार्यकताहरुले सहजीकरण र सहकार्य गरिरहेको एमालले जनाएको छ ।

बैशाख १२, १३ र २९ गतेको भूकम्पबाट जिल्लामा ध्वस्त संरचना हटाउने र अस्थायी बसोबास गर्न घर टहरा निर्माणको काममा एमालेका स्वयं सेबकहरुले काम गरिरहेका छन् । अहिलेसम्म जिल्लामा ७ टोली परिचालन गरिएका छन् ।

युवा विद्यार्थी र पार्टीका स्वयंसेवक टोलीमा उदयपुरबाट ६० जना, सिरहाबाट ३५, सप्तरीबाट ३५ गरी १ सय ३० र ओखलढुंगाका दुई सय गरी स्वास्थ्यकर्मी र प्राविधिकसहित ३ सय ३० जना स्वंसेवक परिचालन गरिएको एमाले कार्यालय सचिव बलबहादुर परियारले जानकारी दिनुभयो ।

uml-okhaldhunga (4)

जिल्लाका ७ विद्यालयका ध्वस्त संरचना हटाएर अस्थायी कक्षा कोठा निर्माण गरेको, एक स्वास्थ्य चौकी, दुई सामुदायिक भवन र ४० परिवारका लागि अस्थायी टहरा निर्माण गरिसकेको छ । टोलीले कटुञ्जेको ककनीमा ७२, पात्लेमा ११ टारकेराबारी गाविसमा ३ भत्किएका घरका भग्नाबशेष हटाएर सामान सुरक्षित पारेको छ । टोलीले दिनहुँ काम गरिरहेको एमालले जनाएको छ ।

राँगादिप मावि रागादिप, पात्ले मावि पात्ले, कालिका मावि भालुथुम्का, श्रीचौर, सिंहदेवी निमावि चेप्टे, जंग निमावि श्रीचौर, जेसे मावि पात्ले र महेश्वर मावि भदौरेको भग्नावशेश हटाएर अस्थायी कक्षा कोठा निर्माण गरिएको अनेरास्ववियुका जिल्ला अध्यक्ष दिपक फुयलले जानकारी दिनुभयो ।

uml-okhaldhunga (1)

कामको अनुगमन तथा सहजीकरण तथा अनुगमन स्थायी समिति सदस्य सोमनाथ प्यासी, पोलिटब्यूरो सदस्य जगन्नाथ खतिवडा, केन्द्रिय सदस्य सुमन प्याकुरेल र यज्ञराज सुनुवारले गरिरहनु भएको छ ।

uml-okhaldhunga (2)