३० आश्विन २०८३, शुक्रबार

रिलायबलको बचत खातामा साढे ६ प्रतिशत ब्याज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Relayble-bankकाठमाडौं, १८ जेठ । रिलायबल डेभलपमेन्ट बैंकले बचत खातामा ग्राहकलाई साढे ६ प्रतिशत व्याज प्रदान गर्ने निर्णय गरेको छ ।

बैंक सञ्चालक समितिको बैठकले सोमबार रिलायबलका ग्राहकलाई बचत खातामा वार्षिक ६.५ प्रतिशत व्याज प्रदान गर्ने निर्णय गरेको हो ।

यो खाता खोल्दा निःशुल्क चेक बुक, डेबिट कार्ड र ई–बैंकिंग सेवा उपलब्ध हुने र मोबाइल बैंकिंगको पनि सुबिधा प्रदान गरिने बैंकले जनाएको छ ।

खातावालाले यस बैंकको कुनै पनि शाखाबाट चाहेजति रकम झिक्न र राख्न सक्ने र २ लाख रुपैयाँ सम्मको निक्षेपको बीमा रहेको जनाएको छ ।

साथै खाता खोल्दा ‘सेफ डिपोजिट लकर’ शुल्कमा समेत छुटको व्यवस्था गरिएको छ ।