३० आश्विन २०८३, शुक्रबार

अब सबै गाविसमा बैंकिङ सेवा !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

national-bank-nepal1

काठमाडौं, १८ जेठ । नेपाल राष्ट्र बैंकले देशभरीका सबै गाविसमा बैंकिङ सेवा पुर्‍याउने तयारी गरेको छ ।

सरकारी राहत बैंकिङ प्रणालीमार्फत उपलब्ध गराउन गाउँमा वित्तीय सेवा पुर्‍याउन लागिएको राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

भूकम्पपीडितको राहत रकम व्यक्तिमार्फत स्थानीय तहमा पुर्‍याउँदा दुरुपयोगको सम्भावना धेरै हुने भएकाले पनि बैंकिङ प्रणालीमार्फत पठाउने व्यवस्था गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

‘‘राष्ट्र बैंकको उद्देश्य कुनै पनि गाविस बैंकविहीन नहोस् र गाउँमा पुग्ने सबै रकम बैंकिङ प्रणालीबाट मात्र जाओस भन्ने हो,’ डेपुटी गभर्नर अधिकारीले भने, ‘राज्यको पैसा बैंकिङ प्रणालीमार्फत लक्षित क्षेत्र तथा वर्गमा सुरक्षित तवरले पुर्‍याउन चाहेका छौं ।’

यसैबीच भूकम्पबाट पभावित क्षेत्रमा शाखा खोल्ने बैंक तथा वित्तिय संस्थाले विशेष सुविधा पाउने भएका छन् । सरकारले संकटग्रस्त घोषणा गरेका जिल्लाका ग्रामीण भेगमा शाखा खोल्न प्रोत्साहन गर्न सुविधा दिन लागिएको हो । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।